समाज


तराईका भूभागमा हुस्सु र कुहिरो

कस्तो होला आज देभरको मौसम?
तराईका भूभागमा हुस्सु र कुहिरो

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०८१ शनिबार ६:५२, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad