नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दू संस्कारअनुसार जनकपुरमा २२ औं वैवाहिक वर्षगाँठ मनाएका छन्।
त्रेतायुगमा रामजानकीले जनकपुरमै विवाह गरेकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको उनीहरुको भनाइ छ। फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुलहीले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी छिन्।
बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुलाह,दुलही झै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गरेका थिए। फेनले जुलियालाई अँगुठी पनि पहिराएका थिए।
उउनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए।
Shares

प्रतिक्रिया