समाज


पेट्रोल पम्प र ग्यास डिलरमा प्रहरीको अप्रेसनः लुकाएको भेटे जफत गरिने

पेट्रोल पम्प र ग्यास डिलरमा प्रहरीको अप्रेसनः लुकाएको भेटे जफत गरिने

नेपालखबर
चैत ४, २०७६ मंगलबार १४:४१,

कोरोना भाइरसको महामारीलाई कारण देखाएर उपत्यकामा पेट्रोल तथा ग्यासको अभाव सुरु भएपछि प्रहरीले अप्रेसन सुरु गरेको छ। 

मातहतका सबै युनिटलाई आफ्नो क्षेत्रमा पर्ने पेट्रोलपम्प र ग्यास डिलरको अनुगमन गर्न महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोख्रेलले बजारमा अभाव देखाएर लुकाएको पाइए जफत गर्न निर्देशन दिएको बताएका छन्। उपत्यकाका प्रहरीले ग्यास डिलर र पेट्रोल पम्पको सूची बनाएरै अनुगमन थालेका छन्।

मंगलबार ग्यास डिलर र पेट्रोलपम्पमा अनुगमन गर्दै वितरण भए नभएको, नभए किन नल्याएको? कहिले आउँछ भन्दै प्रहरीले व्यापारीलाई सोधखोज गरेको छ।

व्यापारीको जवाफ लेखेर प्रहरीले त्यही अनुसार भए नभएको पनि अनुगमन गरिरहेको छ।

‘कालोबजारी गरेको पाइए कडा कारबाही गर्छौं, भएका सामान पनि मनलाग्दी वितरण गर्न दिँदैनौं,’ डीआईजी पोख्रेलले भने, ‘मास्क, स्यानिटाइजर, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याससँगै दैनिक उपभोग्य सामानको अनुगमन भइरहेको छ।’

कसैले सामान लुकाएको पाइए खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ। यसअघि डल्लु, कपन र सतुङ्गलबाट १० लाख बढी मास्क बरामद भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .