समाज


माछा मार्न बनाएको विस्फोटक पदार्थ विस्फोट हुँदा एक युवकको मृत्यु, दुईजना घाइते

माछा मार्न बनाएको विस्फोटक पदार्थ विस्फोट हुँदा एक युवकको मृत्यु, दुईजना घाइते

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १७:२७, काठमाडौँ

पाल्पामा माछा मार्न बनाएको पदार्थ विस्फोट हुँदा एक जनाको ज्यान गएको छ। अन्य दुईजना घाइते भएका छन्।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घटनामा तिनाउ गाउँपालिका २ बुढाचटकका २८ वर्षीय सुरज सोमैको मृत्यु भएको पाल्पाका डीएसपी सुनिल मल्लले बताए।

प्रहरीका अनुसार शुक्रबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–२ बुढाचटकस्थित मदन सोमैको घर पछाडि आगनमा सलाईको काँटीबाट माछा मार्नको लागि उनीहरूले विष्फोटक पदार्थ बनाउने क्रममा अचानक बिष्फोट भइको थियो।

त्यसक्रममा सुरजसहित रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगर घर भई हिजो साँझमात्रै मदन बहादुरकहाँ आएका वर्ष २१ को कोशिस भुजेल र वर्ष २८ को कुशल भुजेल घाइते भएका थिए।

सो जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिगएको प्रहरी टोलीले घाइतेहरूलाई उपचारको लागि बुटवल हस्पिटल प्रालि रुपन्देही पठाएकोमा सुरज सोमैको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते कोशिस भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते कुशलको अवस्था भने सामान्य रहेको बताइएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad