मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा लाेकविजय अधिकारीका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेट जाँदा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको थियो।
बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड र मंगलबार साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मनाङ र हिजाे तथा अस्ती बझाङमा गएका भूकम्प ०७२ साल बैशाख १२ गते गाेरखाकाे बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पकाे परकम्प हाेइनन्। यी तीनवटै भूकम्प नयाँ हुन्।
Shares

प्रतिक्रिया