समाज


नेपाली सेनाका इन्जिनियरले गरे नेपाल इन्जिनियरिङ कलेजको अनुगमन

नेपाली सेनाका इन्जिनियरले गरे नेपाल इन्जिनियरिङ कलेजको अनुगमन

नेपालखबर
पुस ३, २०८१ बुधबार २०:९, काठमाडौँ

नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण ब्यारेकका इन्जिनियर युवक अधिकृतहरूले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन्।

मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरूले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन्।

सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेसन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरुबाट ज्ञान लिएका नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अधिकृतहरूलाई कलेजका एसोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए।

नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ। इन्जिनियरिङ विधाका सबै विषयहरू प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरू उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरू अध्ययन र अवलोकनका लागि आउने गरेका छन्।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेज हो।

कलेजका अनुसार पूर्णकालीन शिक्षकशिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तराष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad