समाज


सुडान घोटालाका दोषी पूर्वआईजीपी ठकुरीद्वारा सर्वोच्चमा आत्मसमर्पण

सुडान घोटालाका दोषी पूर्वआईजीपी ठकुरीद्वारा सर्वोच्चमा आत्मसमर्पण

नेपालखबर
असार १९, २०७६ बिहिबार ११:२७,

 सुडान घोटालाकाण्डमा भ्रष्टाचार गरेको अभियोग प्रमाणित भएर अदालतले सजाय सुनाएका पूर्वप्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले बिहीबार सर्वोच्चमा आत्मसमर्पण गरेका छन्। पूर्वआईजीपी ठकुरीले आज बिहान ११ बजे सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका हुन्।

सुडान घोटालाकाण्डमा भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। उनीसँगै सजाय सुनाइएका दुई पूर्वआईजीपीले त्यतिबेलै अदालतमा हाजिर भए पनि ठकुरी भने फरार रहँदै आएका थिए। अदालतको समय सकिनु एक दिनअघि देखि उनी फरार रहँदै आएका थिए।

thakuri

मुद्दाको फैसलाउपर पुनः सुनुवाइको मागसहित ठकुरीले पुनरवलोकन निवेदन दर्ता गराएका छन्। उनलाई बाँकी कैद सजाय भुक्तानका लागि डिल्ली बजार सदरखोर लगिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .