समाज


ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम (सूची)

ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम (सूची)

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १२:३, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार (आज) ३ डिग्री सेल्सियसभन्दा पनि बढी बढेको हो। 

महाशाखाको विवरणअनुसार बिहीबार ५.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकैदिनमा बढेर आज (शुक्रबार) ८.९ डिग्री सेल्सियसमा उक्लिएको हो। 

महाशाखाकी मौसमविद् निर्मला रेग्मीका अनुसार राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा न्यूनतम तापक्रम घट्छ।

‘गएराति रातभर काठमाडौँको आकाशमा बादल लागेको देखिन्छ’, उनले भनिन्, ‘त्यसैले आज न्यूनतम तापक्रम बढेको हो।’

जुम्लामा भने बिहीबारको तुलनामा शुक्रबार न्यूनतम तापक्रम घटेको छ।

मौसम महाशाखाको सूचीअनुसार बिहीबार -४.९ डिग्री सेल्सियस रहेको जुम्लाको न्यूनतम तापक्रम आज (शुक्रबार) -५.८ डिग्री सेल्सियसमा झरेको हो।

हेर्नुहोस् देशभरको तापक्रम विवरण  (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका) :

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। यो सिजन फ्रेबुअरीसम्म रहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad