समाज


पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार ६:५४, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागसहित बाँकी तराईका भूभाग तथा उपत्यकाहरुका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। 

आज दिउँसो पनि कोसी र गण्डकी प्रदेशसहित बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला शनिबार र आइतबारको मौसम?

२०८१ मंसिर २२ गते शनिबार

दिउँसोː कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

रातिː कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

२०८१ मंसिर २३ गते आइतबार
दिउँसोː कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

रातिː सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू‍भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम  कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको धेरै स्थान र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।   

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका  धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad