ad ad

समाज


विषाक्त मदिरा सेवनबाट थप चारकाे मृत्यु, मृतककाे संख्या २० पुग्यो

विषाक्त मदिरा सेवनबाट थप चारकाे मृत्यु, मृतककाे संख्या २० पुग्यो

शैलेन्द्र महतो
चैत २, २०७६ आइतबार १५:५५,

धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। आइतबार मात्र मदिरा सेवनबाट ४ जनाको ज्यान गएको छ।

जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदा र ६२ वर्षीया रामो देवी सदाको मृत्यु भएको स्थानीय बिक्की सदाले जानकारी दिए।उनका अनुसार रामोदेवीको आइतबार दिउँसो र जितेन्द्रको बिहानै उपचारको क्रममा प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको हो।

सोही बस्तीमा शुक्रबार १ जना, शनिबार ३ जनाको मृत्यु भएको थियो। बस्तीकै देवी सदा, रामरति सदा, मिथिला सदा, झगरु सदाको शनिबार र शुक्रबार मृत्यु भएको थियो। सो बस्तीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुको मदिरा सेवनबाट मृत्यु नभएको दावी गरिरहेको छ। तर उनीहरुले होलीको अवसरमा घरेलु मदिरा सेवन गरेकोले नै शरीरभरी विष फैलिएर एकाएक सिकिस्त भइ मृत्यु भएकाे स्थानीयले बताएका छन्। प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले पनि उनीहरु सबैको मदिरा सेवनबाटै मृत्यु भएको जनाएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका ५५ वर्षका रतन दासको पनि मदिरा सेवनबाट आइतबार दिउँसो उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थकेयरमा मृत्यु भएको छ। यस्तै आइतबार बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४५ वर्षीय रामबहादुर यादवको मदिरा सेवनबाटै बिरामी भएर मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए।

यससँगै रमदैया बस्तीमा बुधबार यता मृत्यु हुनेको संख्या ९ जना र १५ दिन यता जम्मा १३ जना, जनकपुरधामको मुसहरबस्तीमा ६ जना, लक्ष्मीनिया गाउँपालिका ६ बगेबामा १ गरी २० जनाको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .