चीनका राष्ट्रपति सी चिनफिङले शनिबार कोरोनाग्रस्त मुलुक इटली, इरान र दक्षिण कोरियालाई सक्दो सहयोग गर्ने वाचा गरेको सिन्ह्वाले जनाएको छ।
चीनपछि कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलुकहरु अन्तर्गत इटली, इरान र दक्षिण कोरिया पर्दछन्।
हालसम्म इटलीमा १७ हजार ६६० जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ १२ सय ६६ को मृत्यु भइसकेको छ। इरानमा ११ हजार ३६४ जना कोरोनाबाट संक्रमित हुँदा ५१४ को मृत्यु भइसकेको छ।
#BREAKING: In a message sent to his Italian couterpart, Chinese President Xi Jinping says the Chinese government and its people firmly support Italy's fight against the #COVID19 outbreak pic.twitter.com/NWxZW5Y211
— China Xinhua News (@XHNews) March 14, 2020यस्तै दक्षिण कोरिायमा भने ८ हजार ८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या ७२ पुगेको छ।
चीनले इटलीमा कोरोनाविरुद्ध लड्न ९ विज्ञको टोलीसहित २० टन औषधिजन्य सामाग्री पठाइसकेको छ।
#BREAKING: In a message of sympathy recently sent to South Korean President Moon Jae-in, Chinese President Xi Jinping said China will continue to provide assistance within its capacity to support South Korea's fight against the #COVID19 outbreak https://t.co/HnVco617HL pic.twitter.com/8IIygkYDtT
— China Xinhua News (@XHNews) March 14, 2020हालसम्म विश्वभर १ लाख ४५ हजार ८७० कोरोनाबाट संक्रमित बनेका छन्। ५ हजार ४३८ को मृत्यु भइसक्दा ७२ हजार ५५१ उपचारपछि स्वस्थ भएका छन्।
चीनमा मात्र ८० हजार ८२४ संक्रमित छन्। त्यहाँ ३१ सय ८९ को मृत्यु भएको छ भने ६५ हजार ५६४ उपचारपछि स्वस्थ बनेका छन्।
#BREAKING: In a message of sympathy recently sent to Iranian President Hassan Rouhani, Chinese President Xi Jinping said China will continue to provide as much assistance as it can for Iran in the latter's fight against the #COVID19 outbreak https://t.co/QFzqbgVmUT pic.twitter.com/8wjhjqqorC
— China Xinhua News (@XHNews) March 14, 2020
प्रतिक्रिया