ad ad

समाज


जनकपुरको मुसहरी टोलमा पनि घरेलु मदिरा सेवनबाट ३ जनाको ज्यान गयो, ५ सिकिस्त

जनकपुरको मुसहरी टोलमा पनि घरेलु मदिरा सेवनबाट ३ जनाको ज्यान गयो, ५ सिकिस्त

शैलेन्द्र महतो
चैत १, २०७६ शनिबार ५:४७,

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा घरेलु मदिरा सेवनबाट १२ जनाको ज्यान गएको भोलिपल्ट मुसहरी टोलमा घरेलु मदिरा सेवनबाट ३ जनाको मृत्यु भएको छ। त्यस्तै मदिरा सेवनबाट अन्य ५ भन्दा बढी बिरामी भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका तीन जनाको विषाक्त घरेलु मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो।

मृत्यु हुनेहरुमा देवी सदा, मिथिला सदा र झगरु सदा रहेको स्थानीयवासी बिक्की सदाले जानकारी दिए। मिथिला र झगरुको शनिबार बिहान मृत्यु भएको हो भने देवी सदाको शुक्रबार बेलुका निधन भएको सदाले जानकारी दिए। उनका अनुसार उनीहरुले बिहीबार र शुक्रबार मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेकाहरु अहिले धमाधम बिरामी हुन थालेका छन्। अहिलेसम्म पाँच जनाभन्दा बढी बिरामी भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार बताइएको छ।

अहिलेसम्म प्रहरी घटनास्थल नपुगेको स्थानीयवासीको भनाइ छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा अव‌ैध घरेलु मदिरा सेवनबाट शनिबार बिहानसम्म १२ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ सिकिस्त छन्। यससँगै धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको संख्या १५ पुगेको छ।

यो पनि: 

घरेलु मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु, ३ सिकिस्त

धनुषामा विषाक्त घरेलु मदिरा सेवन गरेका थप ४ जना अस्पताल भर्ना

धनुषामा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जना सिकिस्त

 

घरेलु मदिराबाट १२ जनाको मृत्यु भएपछि उत्पादनमा संलग्न ७ जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .