ad ad

राजनीति


साउदीले २ हप्ता सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, राेकिने भए स्वदेश फर्किन चाहने नेपाली

साउदीले २ हप्ता सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, राेकिने भए स्वदेश फर्किन चाहने नेपाली

नेपालखबर
चैत १, २०७६ शनिबार ५:२४,

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै साउदी अरबले भोलि (आइतबार)देखि दुई हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले आज (शनिबार) गरेको निर्णयअनुसार आइतबार स्थानीय समय बिहान ११ बजेदेखि आफ्नो मुलुकमा कुनै अन्तर्राष्ट्रिय उडान गर्न दिइने छैन।

यो निर्णयसँगै साउदीमा कार्यरत झन्डै ४ लाख नेपाली पनि प्रभावित हुने भएका छन्। अर्थात् स्वदेश फर्किन चाहने नेपाली आउन नपाउने भएका हुन्।

साउदी प्रेस एजेन्सीका अनुसार यो २ हप्तामा कुनै विशेष परिस्थितिमा आएमा भने प्रतिबन्ध लगाइने छैन।

यस अवधिका स्वदेश फर्कन नसक्नेका लागि बिदा दिने निर्णय पनि साउदी सरकारले गरेको छ।

साउदी स्वास्थ्य मन्त्रालयले आन्तरिक मामिला मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरेर घर फर्कन चाहने नागरिकलाई के गर्ने भन्ने व्यवस्था गर्नेछ।

यसअघि साउदी अरबले युरोपेली युनियनअन्तर्गतका सबै र एसिया र अफ्रिकाका १२ वटा देशका यात्रुलाई प्रवेशमा रोक लगाइसकेको छ।

शनिबार बिहानसम्म साउदी अरबमा ८६ जनामा संक्रमण देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .