समाज


अर्घाखाँचीमा जीप भिरबाट खस्यो, ३ को मृत्यु

अर्घाखाँचीमा जीप भिरबाट खस्यो, ३ को मृत्यु

नेपालखबर
असार १९, २०७६ बिहिबार ७:१०,

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जीप भिरबाट खसेर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, ४ जना घाइते छन्।

गोरुसिंगे सन्धिखर्क सडकखण्डको सीतापुर सुपादेउराली मन्दिर नजिक जीप दुर्घटना भएको हो। जीप करिब साढे ३ सय मिटर तल खसेको छ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेका अनुसार ३ जनाकै घटनास्थलमै मृत्यु भएको हो। मृतकहरू मध्ये २ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–३ का सुमन्त भुसाल र मालारानी गाउँपालिका–३ का रुदप्रसाद भुसाल छन्। सुमन्त गाडी मालिक पनि हुन्। उनैले चलाइरहँदा जीप दुर्घटना भएको हो। मृतकमध्ये अर्का एक जनाको सनाखत हुन सकेको छैन।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बेल्बासेले बताए। गम्भीर घाइतेहरूलाई उपचारका लागि बुटवल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .