समाज


राति यी चार प्रदेशका पहाडी क्षेत्रमा पानी र दुई प्रदेशका हिमाली भेगमा हिउँ पर्ने सम्भावना

राति यी चार प्रदेशका पहाडी क्षेत्रमा पानी र दुई प्रदेशका हिमाली भेगमा हिउँ पर्ने सम्भावना

फाइल तस्बिर: हिमपात


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १७:२६, काठमाडौँ

आज (सोमबार) चार प्रदेशका पहाडी क्षेत्रमा वर्षा तथा दुई प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई  स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको हो। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी  तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यसबाहेक राति देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले (सोमबार साँझ) पनि देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग आकाश खुला) छ।

मौसम महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad