समाज


रुपन्देहीमा सशस्त्र प्रहरी र राजस्वको टोलीमाथि आक्रमण, ११२ बोरा चिनी बरामद

रुपन्देहीमा सशस्त्र प्रहरी र राजस्वको टोलीमाथि आक्रमण, ११२ बोरा चिनी बरामद

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १३:१२, काठमाडौँ

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट १ सय १२ बोरा चिनी बरामद भएको छ। हिजो (बिहीबार) सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले अवैध रुपमा भित्रिएको चिनी बरामद गरेको हो। 

भारतबाट अवैध रुपले नेपाल ल्याएर गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाई र राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो।

बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेको सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ।

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाईते भएको डीएसपी थापाले बताए। 

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षती पुगेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad