समाज


कमलपोखरीमा छठीमाई पूजा (१२ तस्बिर)

कमलपोखरीमा छठीमाई पूजा (१२ तस्बिर)

सरोज बैजु
कात्तिक २२, २०८१ बिहिबार १८:३, काठमाडौँ

छठ पर्वको मुख्य दिन आज उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। तराई/मधेससहित काठमाडौँ उपत्यकामा पनि धुमधामका साथ छठ मनाइएको छ। 

छठीमाईको पूजाअर्चनाका लागि राष्ट्रपति रामचन्द्र पौडेल पनि काठमाडौँको कमलपोखरी र गौरीघाट पुगेका थिए। 

उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि आज व्रतालु निराहार रहन्छन्।

पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खिर प्रसादस्वरूप खाएपछि निराहार व्रत सुरु भएको मानिन्छ। 

बिहीबार काठमाडौँ महानगरपालिकाले विभिन्न ८ स्थानमा छठीघाट स्थापना गरेर पूजाको व्यवस्था मिलाएको थियो।

अब भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि  छठ विधिवत् रूपमा समापन हुनेछ।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad