समाज


मौसमविद्को आकलनः चिसो अझै बढ्ने, काठमाडौँको तापक्रम थप तल झर्ने

मौसमविद्को आकलनः चिसो अझै बढ्ने, काठमाडौँको तापक्रम थप तल झर्ने

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १७:३३, काठमाडौँ

केही दिनयता काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढिरहेको छ। 

विन्टर अर्थात् हिउँदयाम नजिकिँदै जाँदा देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम चलिरहेको हो। 

आज (बुधबार) १२.२ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भोलि (बिहीबार) ११ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको हो। 

मौसम महाशाखाले गरेको बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कम्तीमा १३ र बढीमा ११ डिग्री सेल्सियससम्म झर्न सक्ने आकलन गरेको हो।  

अहिले नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। डिसेम्बर लागेपछि विन्टर अर्थात् जाडोयाम सुरु हुने मौसमविद् बताउँछन्।

हाल (बुधबार साँझ) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

मौसमविद्का अनुसार राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

राति मौसम सफा रह्यो भने अर्थात् आकाशमा बादल लागेन भने बिहान तापक्रम घट्छ र चिसो बढ्छ। 

आज राति कतै वर्षा तथा हिमपातको सम्भावना भने देखाइएको छैन।

हेर्नुहोस् आज बुधबार देशभर कहाँको तापक्रम कति? (न्यूनतम र अधिकतम) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad