फोटोपत्रकार राजेन्द्र केसीको उपचारका क्रममा निधन भएको छ।
केही समयदेखि ‘मेटास्ट्याटिक म्यालिग्न्यान्ट प्यान्क्रियाटिक क्यान्सर’ बाट पीडित केसीको अमेरिकामा उपचारका क्रममा शनिबार (कात्तिक १७ गते) निधन भएको हो।
स्वर्गीय केसीका श्रीमती र एक छोरी छन्।
राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायतका विभिन्न दैनिकहरू करिब २ दशकदेखि फोटो पत्रकारिता सक्रिय फोटोपत्रकार केसी बिगत ६ वर्षदेखि अमेरिका रही आफनो क्षेत्रमा सक्रिय रहँदै आएका थिए।
फोटोपत्रकार क्लबका पूर्वकोषाध्यक्षसमेत रहेका केसीको निधनले नेपाली फोटोपत्रकारिता क्षेत्रले एक जुझारू र उर्जाशील युवा फोटोपत्रकार गुमाएको तथा क्लबले एक सक्रिय र महत्त्वपूर्ण सदस्य गुमाएको क्लबले जनाएको छ।
1.3k
Shares

प्रतिक्रिया