जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हप्तामा विभिन्न मुद्दाका ७२ जना फरार प्रतिवादी पक्राउ गर्न सफल प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरलाई सम्मान गरेको छ।
बिहीबार एक कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उरीक्षक वसन्त रजौरेले इन्स्पेक्टर कुँवरलाई खादा ओढाई प्रशंसा–पत्र प्रदान गरे।
यही २०८१ असोज ६ गते देखि १३ गतेसम्म ७ दिने फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउको निमित्त विशेष अभियान सञ्चालन गरिएकोमा प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरले ७२ जना फरार प्रतिवादी पक्राउ गरि अदालत समक्ष पेश गर्न सफल भएका थिए।
कार्यक्रममा प्रहरी वरिष्ठ उरीक्षक रजौरेल मातहत प्रहरी वृत्त तथ प्रभाग प्रमुखहरूलाई तिहार तथा छ्ठपर्वको सुरक्षा सम्बन्धी ब्रिफिङ समेत गरेका थिए।
Shares

प्रतिक्रिया