इटलीमा कोरोनाको संक्रमण १० हजारभन्दा बढीमा पुष्टि भएको छ। त्यहाँ १० हजार १४९ जनामा कोरोना देखिएको छ भने मृतककमो संख्या ६३१ पुगेको छ।
इटलीले देशका ६ करोडभन्दा बढी नागरिकलाई घरमै बस्न बाहिर ननिस्कन आदेश दिएको छ।
यस्तै इरानमा कोरोनाबाट संक्रमितको संख्या ८ हजार बढी पुगेको छ। त्यहाँ ८ हजार ४२ जनामा कोरोनाको पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या २९१ पुगेको छ।
त्यस्तै दक्षिण कोरियामा हालसम्म ७ हजार ७५५ जना संक्रमित भेटिएका छन्। त्यहाँ मृतकको संख्या ६१ पुगेको छ।
हाल कोरोना भाइरस सयभन्दा बढी मूलुकमा देखिएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया