समाज


सिंहले कमजोर अनुभूति गर्ने, कन्याको व्यक्तित्वमा निखार आउने, तपाईँको के? हेर्नुस् कात्तिक १ को राशिफल

सिंहले कमजोर अनुभूति गर्ने, कन्याको व्यक्तित्वमा निखार आउने, तपाईँको के? हेर्नुस् कात्तिक १ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
कात्तिक १, २०८१ बिहिबार ४:४४, काठमाडौँ

आज बिहीबार, १  कात्तिक २०८१ (१७ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुनसक्छ। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना पनि छ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष : सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने। 

मिथुन : रोकिएका काम फेरि सुरु हुन सक्छन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानीभन्दा बढी खर्च हुने छैन। लामो यात्रा सुखद् र सफल हुनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने। 

कर्कट : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ। बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ। बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने।कालो रङको प्रयोग नगर्ने।

कन्या : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ। न्यायिक कार्य तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने समय छ।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।  

वृश्चिक : दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट भने हुनेछ। खानपिन कार्यमा सरिक भइनेछ।   

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने।तामसीक भोजन नगर्ने।

मकर : स्वादिष्ट भोजन पाइनेछ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। राज्यका ठूला व्यक्तिले तपाईंको मेहनतको कदर गर्नेछन् तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला।  

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने।छल कपट नगर्ने।

मीन : नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू परा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। अधुरा कार्यले गति लिनेछ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad