समाज


बाढी पूर्वानुमान स्थगन

बाढी पूर्वानुमान स्थगन

फाइल तस्बिर: काठमाडौँको चोभार क्षेत्रमा यस वर्ष उर्लिएको बागमती


नेपालखबर
असोज २९, २०८१ मंगलबार १७:५०, काठमाडौँ

मनसुन बिदा भएसँगै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले अब बाढीसम्बन्धी दैनिक सूचना जारी नगर्ने भएको छ। 

गत जेठ २८ गते (जुन १० तारिख) नेपाल भित्रिएको मनसुन यही असोज २६ गते (अक्टोबर १२ तारिख) देशभरबाट बाहिरिएको हो। मनसुन बिदा भएर पोस्ट मनसुन सिजन सुरु भएसँगै वर्षा हुने क्रम ह्वात्तै घटेको छ। 

यसैकारण अब देशभर नै ठूलो बाढीको सम्भावना नदेखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी दैनिक सूचना जारी गर्ने काम तथा टोलफ्री नम्बर ११५५ अर्को मनसुन नआउँदासम्मका लागि बन्द गरेको हो। 

‘नेपालका नदीहरूमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचनासम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुनेछ। बिहान ७ बजे बाढी पूर्वानुमान बुटेलिन जारी नहुने, बाढी पूर्वसूचनाको टोलफ्री ११५५ अर्को मनसुनसम्म स्थगन हुने, बाढी पूर्वानुमान र पूर्वसूचनामा सहकार्य गर्नुहुने सबैलाई धन्यवाद’, बाढी पूर्वानुमान महाशाखाको सूचनामा भनिएको छ। 

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। तर यस वर्ष मनसनु ३ दिन छिटो भित्रिएको थियो भने १० ढिलो बाहिरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad