वैदेशिक रोजगारको सिलसिलामा दुवई तथा मलेसिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
काठमाडौं गौशाला बस्ने धनुषा मिथिला विहारी नगरपालिका–५ घर भएका २४ वर्षीय राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे।
साहले वर्किङ भिसामा आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी ९ जना व्यक्तिहरुको साथबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–८ पिङ्लास्थानमा फेला पारी पक्राउ गरेको हो ।
साहलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया