ad ad

समाज


इन्द्रजात्रामा अयला सेवनको उल्लास (तस्बिरहरू)

इन्द्रजात्रामा अयला सेवनको उल्लास (तस्बिरहरू)

सरोज बैजु
असोज १, २०८१ मंगलबार ८:४, काठमाडौँ

काठमाडौँको हनुमानढोकामा आइतबारदेखि इन्द्रजात्रा जारी छ। 

आइतबार बिहान ८ बजेर २६ मिनेटमा इन्द्रध्वजसहितको लिंगो ठड्याएर जात्राको शुभारम्भ गरिएको थियो। 

सो जात्राअन्तर्गत सोमबार राति प्रसादका रूपमा अयला खाएर हर्षाेल्लास गरिएको छ। नेवार समुदायले भोजभतेर, जात्रा, कार्जे वा आगन्तुकलाई स्वागत गर्ने न्यानो पेय हो- अयला ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो।

इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ।

इन्द्रजात्रा काठमाडौँलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा/आराधना गरी परम्परागत रूपमा नेवारी समुदायले मनाउने जात्रा हो।

हेर्नुहोस् हनुमानढोकामा इन्द्रजात्रामा अयला सेवनको हर्षोल्लास यी तस्बिरमा- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .