ad ad

समाज


फास्ट ट्रयाकको जिम्मा उपरथी शाहलाई, पोखरेल अवकाशमा

फास्ट ट्रयाकको जिम्मा उपरथी शाहलाई, पोखरेल अवकाशमा

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १३:३६, काठमाडौँ

काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को जिम्मेवारी उपरथी कमल विक्रम शाहले पाएका छन्। यसअघिका आयोजना प्रमुख समेत रहेका सहायक रथी विकास पोखरेल अवकाशमा गएसँगै महत्त्वपूर्ण योजनाको जिम्मेवारी शाहले पाएका हुन्।

यसअघि पनि उपरथी शाहले यो आयोजनामा काम गरिसकेका छन्। शाहले फास्ट ट्रयाक प्रमुखको रुपमा २०७९ असोजदेखि २०८० पुससम्म काम गरेका थिए। 

२०८० पुसमा पोखरेललाई नै जिम्मेवारी हस्तान्तरण गरेका उनले ८ महिनापछि पुनः उनैबाट जिम्मेवारी लिएका हुन्। शाह इन्जिनियरिङ विभाग प्रमुख हुन्। 

यसअघि पोखरेल विकास निर्माण निर्देशनालय प्रमुखको दरबन्दी भई फास्ट ट्रयाकको जिम्मेवारीमा थिए। तर पदावदि सकिएपछि उनी ३ वर्ष पहिले नै अवकास भएका हुन्। नेपाली सेनामा प्रधानसेनापतिले चाहेमा म्याद थप गर्न सक्ने व्यवस्था छ। 

म्याद थप भएको भए पोखरेल २०८४ सम्म उमेर हदका कारण सेनामा रहन सक्थे। म्याद थप नभएसँगै सहायक रथी पोखरेल सोमबारदेखि नै घर बिदामा बसेको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ। 

म्याद थप नभएर अवकासको पत्र थमाएपछि पोखरेल बिदामा बसेका हुन्। उनी असोज ७ गतेबाट अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .