ad ad

समाज


तीव्र गतिको मोटरसाइकल नालीमा खस्दा २६ वर्षीय युवकको मृत्यु

तीव्र गतिको मोटरसाइकल नालीमा खस्दा २६ वर्षीय युवकको मृत्यु

नेपालखबर
भदौ २४, २०८१ सोमबार ७:५, नवलपरासी

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय युवकको मृत्यु भएको छ।

नवलपरासीको सुनवल नगरपालिका-९ स्वाठी निवासी२६ वर्षीय रामनाथ कुँवरको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

सुनवल नगरपालिका(१२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित सडकमा गएराति पौने ११ बजे पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते कुँवरलाई प्रहरीले उपचारको लागि जिल्ला अस्पताल परासी पठाएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय नवलपरासी सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

मृतकको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .