ad ad

समाज


अर्थ मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर

नेपालखबर
साउन २८, २०८१ सोमबार २०:३९, काठमाडौँ

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपालले पाएका छन्। यसअघि उनी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी भने धनीराम शर्मालाई दिइएको छ। अर्थ मन्त्रालयमा यी दुवै महाशाखालाई महत्त्वपूर्ण मानिन्छ।

अर्थमन्त्री विष्णु पौडेल आएपछि सचिवहरूको जिम्मेवारी यसअघि नै हेरफेर गरिसकिएको छ।

यसअघिका अर्थसचिव मधुकुमार मरासिनीलाई हटाएर तत्कालीन राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थसचिवको जिम्मेवारी दिइएको छ भने राजस्व सचिवमा दिनेशकुमार घिमिरे आएका छन्। दिनेशकुमार यसअघि वाणिज्य मन्त्रालयमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .