ad ad

समाज


पूर्वमन्त्रीसहित जुवाखालबाट ११ जना पक्राउ

सक्किगोनीका ’इन्स्पेक्टर‘ र पूर्व गाउँपालिका अध्यक्ष पनि नियन्त्रणमा
पूर्वमन्त्रीसहित जुवाखालबाट ११ जना पक्राउ

पूर्वमन्त्री बुद्धीकुमार राजभन्डारी र सक्किगोनीका कलाकार पुरुषोत्तम शर्मा (फाइल तस्बिर)


नेपालखबर
साउन २७, २०८१ आइतबार १६:५४, काठमाडौँ

काठमाडौँ महानगरपालिका–८ स्थित गौरीघाटबाट ११ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ जुवा खेलिरहेको आरोपमा पूर्वमन्त्री तथा कोसी प्रदेशसभा सांससद बुद्धिकुमार राज भण्डारीसहित ११ जना पक्राउ परेका हुन्। 

उनीहरूलाई प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सांसद भण्डारीसहित उत्तम प्रसाद राई, बीर बहादुर राई, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, पुरुषोत्तम शर्मा, भीम बहादुर साम्बाहाम्फे, रबी श्रेष्ठ, राजु महत र माधव थापा रहेका छन्। 

भण्डारी सोलुखुम्बु क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद हुन्। उनी यसअघि कोसी प्रदेशका सामाजिक विकास मन्त्री थिए।

त्यस्तै, पुरुषोत्तम शर्मा टेलिश्रृङ्खला ‘सक्किगो नि’ का कलाकार हुन्। उक्त टेलिशृंखलामा शर्मा प्रहरी इन्स्पेक्टरको भूमिकामा छन्।

त्यस्तै, वीरबहादुर राई पनि जनप्रतिनिधि हुन्। उनी सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले पक्राउ परेकाहरूलाई कानुन अनुसार कारबाही हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .