ad ad

समाज


इन्टरपोल सूचना प्रणालीमा प्रत्यक्ष पहुँचका लागि समझदारी

इन्टरपोल सूचना प्रणालीमा प्रत्यक्ष पहुँचका लागि समझदारी

नेपालखबर
साउन १०, २०८१ बिहिबार १४:८, काठमाडौँ

इन्टरपोल सूचना प्रणालीमा प्रत्यक्ष पहुँचका लागि सहकार्य गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी), काठमाडौँ र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच उक्त समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन्। 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटाबेसमध्ये एसएलटीडी (स्टोलेन एन्ड लस्ट ट्राभल डकुमेन्ट) डाटाबेस नेपालले पनि प्रयोग गरिरहेको र यो व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्ल्यूआईएसडीएम (वेभ सर्भिस फर डाटा मेनेजमेन्ट) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकताअनुसार प्रदान गरिएको जानकारी दिए। 

साथै डब्ल्यूआईएसडीएम प्रयोग गर्ने सम्भावना एकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने भनी राहदानी विभागले दिइका सुझावअनुरूप नै यो समझदारी भएको उनले बताए।

प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यसपश्चात् सहज र छिटो हुनाका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीच समन्वय हुने विश्वास व्यक्त गरे। 

समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले समझदारीको महत्त्व र औचित्यताबारे धारणा राख्दै राहदानी दुरुपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 

साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उनले बताए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .