ad ad

समाज


नापी कार्यालय लगनखेलका सर्भेक्षक यादव ४ लाख रुपैयाँ घुससहित पक्राउ

नापी कार्यालय लगनखेलका सर्भेक्षक यादव ४ लाख रुपैयाँ घुससहित पक्राउ

नेपालखबर
असार २८, २०८१ शुक्रबार १५:३१, काठमाडौँ

नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव घुससहित पक्राउ परको छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट गएको टोलीले नापी सर्भेक्षक यादव र आर.बी. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप लागएको छ।

उनीहरूलाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका–१२ हनुमानस्थान, लगनखेलमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .