ad ad

समाज


देशैभरि मनसुनी वायु सक्रिय, ६ प्रदेशमा वर्षा हुँदै, हेर्नुहोस् ३ दिनको पूर्वानुमान

देशैभरि मनसुनी वायु सक्रिय, ६ प्रदेशमा वर्षा हुँदै, हेर्नुहोस् ३ दिनको पूर्वानुमान

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार ६:३१, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

यतिबेला (बुधबार बिहान) देशभर साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ।  कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।  

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ।  साथै  कोसी र मधेस  प्रदेशका एकदुई स्थानमा दिउँसा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ।  कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।  

कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो होला बिहीबार र शुक्रबारको मौसम?

२०८१ असार २७ गते बिहीबार
दिउँसोः देशभर साधारणतया बदली रहने छ। काेसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, मधेस, बागमती र गण्डकी  एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

रातिː देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। काेसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। 

२०८१ असार २८ गते शुक्रबार

दिउँसोː देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी , सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी,  मधेस, बागमती र गण्डकी  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

रातिː देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोसी र गण्डकी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  र  कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .