ad ad

समाज


साइकलमा आएका एक व्यक्ति नारायणी नदीमा हाम फाले

साइकलमा आएका एक व्यक्ति नारायणी नदीमा हाम फाले

नेपालखबर
असार २३, २०८१ आइतबार १३:४, मकवानपुर (हेटौंडा)

नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन्।

आइतबार बिहान १०ः४० बजे तिरको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

अहिले विपत् व्यवस्थापन सहितको प्रहरी टोली खटिइ उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

गुलाबी रंगको साइकलमा आएका उनले सेतो चप्पल साइकलमै छोडेर हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .