ad ad

समाज


सशस्त्र प्रहरीमा गोताखोरको संख्या ११० पुग्यो

सशस्त्र प्रहरीमा गोताखोरको संख्या ११० पुग्यो

नेपालखबर
असार २०, २०८१ बिहिबार १९:३२, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या १ सय १० पुगेको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि.सं. ५ गोताखोर तालिमको असार २० गते बिहीबार १९ जनाले सफलतापूर्वक सम्पन्न गरेपश्चात संख्या थपिएको हो।     

उक्त तालिमको बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले समापन गर्नुका साथै तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान वीरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरे।

उनले मनसुनजन्य विपद् सुरु भइसकेको अवस्थालाई ध्यानमा राखी सशस्त्र प्रहरी कर्मचारीहरूले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थिती अनुरुप परिचालित हुनुपर्ने बताए।

उनले आफ्नो जीवनको प्रवाह नगरी गरेको सेवाले आपतविपदमा परेका नागरिकहरूको जीउधनको सुरक्षा गर्नु उदाहरणीय कार्य रहेको उल्लेख गरे।

आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठले गोताखोर तालिम व्यक्तिगत वृत्तिविकासको लागि नभई आम नागरिकको जीउधनको सुरक्षा कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्ता किमिसका तालिम सञ्चालनको लागि बाग्मती प्रदेश सदैव सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले संगठनलाई प्राप्त जिम्मेवारीहरु मध्ये विपद् व्यवस्थापन पनि महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै यस तालिम शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भू–भागहरुमा घटेका विपद्का घटनाहरुमा सक्रिय भई खोज तथा उद्वार कार्य गरिरहेको बताए।

पाँच हप्ता अवधिको उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेका थिए। तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरु, प्रदेश तथा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिती रहेको थियो।         

           
   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .