ad ad

समाज


बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

नेपालखबर
फागुन १४, २०७६ बुधबार ४:०,

सुनसरीको इटहरी उपमहानगरपालिका-२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ।

लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरिएको माइती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन्।

छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबैले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्र्नुपर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने उनको भनाई थियो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .