ad ad

समाज


क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै

क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै

नेपालखबर
जेठ २३, २०८१ बुधबार २१:४४, खोटाङ

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ।

हाल झापाको बुद्धशान्ती चोक बस्दै आएकी पीडित दुर्गाको उपचारका लागि एक सय ८८ जना शुभेच्छुकबाट रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटाइएको हो।

अभियानका क्रममा सङ्कलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियन्ता एवं नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले जानकारी दिए। सङ्कलित रकममध्ये रु एक लाख १२ हजार चिसापानी बजारमा सामूहिकरुपमा सङ्कलन गरिएको हो।

फोक्सोमा क्यान्सर पुष्टि भएपछि गत मङ्सिरदेखि दुर्गाको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। फोक्सोको क्यान्सरको उपचार भइरहेकै बेला उनलाई ब्रेन ट्युमरको समस्यासमेत थपिएको थियो।

दुर्गालाई नियमित टाउको दुखिरहने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको दुर्गाका पति गणेश बस्नेतले जानकारी दिए। गत जेठ ७ मा दुर्गाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट एकैसाथ आक्रमणमा परेकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि आर्थिक सहयोग जुटाइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .