काठमाडौँ महानगरपालिका ७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट श्रोत नखुलेको ७२ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने दुवै जना भोजपुरका हुन्।
भोजपुरको पौवा डुग्मा गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्ने ५० वर्षीय भिमसेन बिश्वकर्मा र २९ वर्षीय खेमराज बिश्वकर्मा रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए।
उनीहरुले हुण्डिको कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको अधिकारीले बताए।
48
Shares
प्रतिक्रिया