ad ad

समाज


जीविकोपार्जनमा समस्या भएका बालबालिकाबारे खबर गर्न काठमाडौँ महानगरको आग्रह

जीविकोपार्जनमा समस्या भएका बालबालिकाबारे खबर गर्न काठमाडौँ महानगरको आग्रह

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ११:१७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा नलगाउन आग्रह गरेको छ।

महानगरपालिकाले आज (शुक्रबार) सूचना जारी गर्दै १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउनु कानुनी अपराध भएको जानकारी दिएको हो। 

‘काठमाडौँ महानगर क्षेत्रभित्रका होटेल, बार, रेस्टुरेन्ट, घर, यातायात, निर्माण सेवा लगायतका क्षेत्रमा गैरकानुनी रूपमा बालबालिकालाई श्रममा लगाइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ।

महानगरले कहीँ कतै बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको वा कानुनले तोकेबमोजिमका विशेष संरक्षणको आवश्यकता भएका कुनै पनि बालबालिकालाई वा जीविकोपार्जनमा अत्यन्तै समस्यामा परी श्रममा आउन बाध्य भएको पाइएमा त्यस्ता बालबालिकालाई महानगरपालिको पैसा नलाग्ने नम्बर ११८० वा १६६००१०५५११ मा सम्पर्क गर्नसमेत अपिल गरेको छ। 

हेर्नुहाेस् सूचना


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .