संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि ‘युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (अनस्लिम)’ मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
सो स्थानमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म ‘एसजीयू (स्पेसल गार्ड युनिट)’ (शान्ति सेना) छैठौं डफ्फाका ५७ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रमेश कुमार बन्जराको नेतृत्वमा यूएन चार्टड फ्लाइट मार्फत जेठ १६ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
यस्तै, उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरू प्रमुख सेनानी भाईकाजी थापाको नेतृत्वमा आज जेठ १७ गते स्वदेश फिर्ता भएका छन्।
हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत छन्।
Shares
प्रतिक्रिया