ad ad

समाज


सरकारले भन्यो– निर्मल पुर्जाले भनेजस्तो सगरमाथा चढ्ने डोरी काटिएको छैन

ढुक्कसँग सगरमाथा आरोहण गर्न आग्रह
सरकारले भन्यो– निर्मल पुर्जाले भनेजस्तो सगरमाथा चढ्ने डोरी काटिएको छैन

नेपालखबर
जेठ १४, २०८१ सोमबार २३:०, काठमाडौँ

सरकारले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको आरोही निर्मल पुर्जाले लगाएको आरोपप्रति ध्यानाकर्षण गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो सगरमाथामा सफल आरोहण भएको र पूर्जाले बताए अनुरुपको कुनै क्रियाकलाप नभएको बताएको छ। 

‘...पुर्जाले भनेजस्तो उक्त स्थनमा आरोहणका लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको र सहज रुपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयले भनेको छ।

पर्वतारोहण सञ्चालक संघ नेपालको पनि आकस्मिक बैठक बसेर यस विषयमा बुझ्ने काम भएको मन्त्रालयले जनाएको छ। 

पुर्जाले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत् सफा हिमाल अभियानअन्तर्गत सगरमाथातर्फ गइरहेको टोली डोरी नपाएर माथि चढ्न नपाएको बताएका थिए।

हिमाल आरोहणका क्रममा यहाँ फोहोर र घृणित राजनीति हुने गरेको भन्दै पूर्जाले भनेका थिए, ‘अहिलेसम्म चुप लागियो। अब बोल्नैपर्ने भयो।’ 

तर, मन्त्रालयले यस्ता गलत प्रचारहरू नगर्न पूर्जासहित अन्यलाई आग्रह गरेका छन्। 

‘यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको जानकारी सम्बन्धित सबैमा प्रेसित गर्दछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरुमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .