ad ad

समाज


आज राति कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आज राति कहाँ-कहाँ छ वर्षाको सम्भावना?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १९:३८, काठमाडौँ

आज (सोमबार) राति लुम्बिनी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले बताएका छन्। 

राति काठमाडौँ उपत्यकामा पनि मौसम आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार आज राति काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ३० प्रतिशत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .