ad ad

समाज


आजका भाग्य चम्काउने अङ्‌क १,२,४,६ र ७, तपाईँको कुन? हेर्नुस् वैशाख २९ को राशिफल

आजका भाग्य चम्काउने अङ्‌क १,२,४,६ र ७, तपाईँको कुन? हेर्नुस् वैशाख २९ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २९, २०८१ शनिबार ४:३२, काठमाडौँ

आज शनिबार, २९ वैशाख २०८१ (११ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : दिन भाग्यशाली भएर देखा पर्नेछ। शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४६, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्। कालो रङको प्रयोग अनुकूल छैन।

वृष : नसोचेको ठाउँबाट धनागम हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। कुनै न कुनै कुराले मनमा शान्ति, उत्साहका साथै बोली बिक्ने समय छ। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राखेर अघि बढ्दा सफलता मिल्नेछ। यात्रा फलदायी देखिदैन तसर्थ भरिसक्के लामो यात्रा नगरेकै बेस।

मिथुन : नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कामबाट प्रशंसा मिल्नेछ। उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्च भने बढ्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ८०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

कर्कट : भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। घरायसी झमेलामा परिएला। भाग्य शक्ति कमजोर भएको अनुभूति हुनेछ। अल्छीपना बढ्नेछ। नियमित खर्चसमेत बढ्ने योग छ। साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला, लागेमा हातलागिसकेको उपलब्धि पनि फुत्कनेछ।

सिंह : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्यारो साथी र आफन्तसँग समय बित्नेछ। परीक्षा एवं प्रतिस्पर्धामा सफलता मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुन सक्छ। मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुट नबोल्नु होला, बोलेमा आफैँलाई हानि गर्नेछ।

कन्या : रमाइलो र टाढाको यात्राको सम्भावना छ। वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। साँझमा व्यस्तता बढ्नेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु होला।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

तुला : आँटेको र ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ र शुभ समाचार सुन्न पाइएला। समस्या दर्शाउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रेम सम्बन्धको कोपिला फक्रने छ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मन प्रसन्न रहला। खैरो रङको प्रयोग अनुकूल छैन।

वृश्चिक : शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। काम बिगार्नेहरू सक्रिय रहने देखिन्छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। कालो रङको प्रयोग नगरेकै बेस।

धनु : साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। अरूलाई प्रभावित पारेर काम बन्ला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खानु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मकर : पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ। रोकिएका काम पूरा हुनेछन्। स्वादिष्ट भोजन पाइनेछ। नयाँ कमको योजना बन्ने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

कुम्भ : घुमघाममा दिन बित्नेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा लागिनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्तको सहयोग पनि पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला, यसले आफैँलाई हानि गर्नेछ।

मीन : दिन मध्यम खालकै रहनेछ। आँटेको कार्यमा बाधा आउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। साँझमा भने आर्थिक कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .