समाज


कन्या र वृश्चिकलाई नयाँ रोजगारीले पछ्याउने, वृष र मकरको सम्पत्ति प्राप्ति योग : वैशाख ११ को राशिफल

कन्या र वृश्चिकलाई नयाँ रोजगारीले पछ्याउने, वृष र मकरको सम्पत्ति प्राप्ति योग : वैशाख ११ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ११, २०८१ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, ११ वैशाख २०८१ (२२ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफन्तसँग भेटघाट हुनेछ। अरूको मन जित्न सकिनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। पुँजी बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्त होला। यात्रा खासै फलदायी छैन, भरिसक्के लामो यात्रा नगरेकै बेस।

वृष : प्रेम र मित्रताको बन्धन कसिने बेला छ। अचल सम्पत्ति हात पर्न सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। खानपिनको विविध परिकार खान पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मिथुन : मन अस्थिर रहन सक्छ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च बढ्नेछ। प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दु:खीको सेवा गर्नाले मनमा शान्ति मिल्नेछ। भरसक लामो यात्रा नगर्नु होला।

कर्कट : आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। रोजगारीको अवसर मिल्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

सिंह : दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। मङ्गल कार्यको योग छ। शत्रुमाथि विजय मिल्ने समय छ। धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला, यसले आफैँलाई हानि गर्नेछ।

कन्या : धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफन्तसँग भेटघाट हुनेछ। नयाँ रोजगारीको अवसरले पछ्याउनेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुट चाहिँ नबोल्नु होला।

तुला : गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछन्। खानामा गडबडी हुन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक : रमणीय र सुखद यात्राको योग छ। मङ्गल कार्यको पनि योग छ। रोजगारीको अवसर मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्नाले पढाइ-लेखाइमा रुचि बढ्नेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

धनु : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग अनुकूल छैन।

मकर : धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। धन हात लाग्न सक्छ। पुँजी बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूको आज सद्‌विचारले अभिप्रेरित भएर अघि बढ्दा असजिलो लागेको काम पनि सहजै सम्पादन हुनेछ। अरूलाई दु:ख दिने काम चाहिँ नगर्नु होला।

कुम्भ : नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। पेटसम्बन्धी समस्याले सताउला। मन खिन्न हुने स्थिति आउनेछ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४३ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर दिनको सुरुआत गर्दा राम्रो हुनेछ। पहेँलो रङको प्रयोग फलदायी छैन।

मीन : सामाजिक कार्यमा सफलता हात लाग्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। बौद्धिकताको विकास हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। मानसिक चिन्ता बढे पनि कार्य क्षेत्रमा प्रगति हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .