समाज


बूढीगण्डकीमा ठूलो बाढी आइरहेको छ, सचेत हुनूस् : गृह मन्त्रालय

बूढीगण्डकीमा ठूलो बाढी आइरहेको छ, सचेत हुनूस् : गृह मन्त्रालय

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १०:५३, काठमाडौँ

हिमपहिरोको कारण गोरखाको बूढीगण्डकी नदीमा ठूलो बाढी आएको गृह मन्त्रालयले जनाएको छ। 

हिउँ पहिरो खसेपछि गोखराको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्रताल फुटेकाले बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो। 

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। 

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

‘बाढीले क्षति गर्ने संभावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ,’  गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।  

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .