समाज


वैशाख ९ को राशिफल: वृश्चिकलाई अवसरै अवसर, धनुको जटिल कामसमेत बन्ने, तपाईंको?

वैशाख ९ को राशिफल: वृश्चिकलाई अवसरै अवसर, धनुको जटिल कामसमेत बन्ने, तपाईंको?

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ९, २०८१ आइतबार ४:३८, काठमाडौँ

आज आइतबार, ९ वैशाख २०८१ (२१ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ्ग पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२, सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्ने।

वृष : वैदेशिक काममा सफलता मिल्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाणीमा कुशलता आउने छ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा मनपर्ने व्यक्तिसँग भेट हुनेछ। आस्था बढेर जानेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मिथुन : सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ्ग कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयरबजारमा ३५, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग नगर्ने।

कर्कट : शुभकार्यको चर्चा चल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। गोपनीय ढङ्गले गरिएका काममा  सफलता पाउनुहुनेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छल कपट नगर्ने।  

सिंह : महत्त्वपूर्ण कामको थालनी हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। झुट नबोल्ने।

कन्या : पारिवारिक सद्भाव बढ्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ्ग खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयरबजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ तर साँझमा भने प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, सेयरबजारमा ४४, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।  प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय र सुखद् यात्राको योग छ।

भाग्यशाली रङ्ग निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयरबजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्न।

धनु : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। छल कपट नगर्ने।   

मकर : रोकिएका काम पुनः सुरु हुन सक्छन्। रमणीय र सुखद् यात्राको योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

भाग्यशाली रङ्ग कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयरबजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। तामसीक भोजन नगर्ने।  

कुम्भ : गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ। अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ तर वैदेशिक कार्य बन्नेछ।

भाग्यशाली रङ्ग हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, सेयरबजारमा ३४, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको चातुर्यले काम बन्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयरबजारबाट राम्रो सफलता मिल्ला। विलासी बस्तु प्रयोग गर्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ्ग कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयरबजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .