ad ad

समाज


ग्रामिण विकास बैंक चितवनका कर्मचारीमाथि १९ लाख हिनामिनाको आरोप

ग्रामिण विकास बैंक चितवनका कर्मचारीमाथि १९ लाख हिनामिनाको आरोप

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १५:२, काठमाडौँ

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामिण विकास बैंक, शाखा कार्यालय टाँडी चितवन) का वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अधिकारीले किर्ते (वनावटी) सदस्य बनाई बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा/धितो कर्जा दिँदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिने जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप गरेको अख्तियारको ठहर छ।

उनले आफू वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८/०६९ देखि आफू कार्यरत बैंकको रु १९ लाख २ हजार अपचलन तथा हिनामिना गरेको अख्तियारले जनाएको छ।

अख्तियारले हिनामिना भएको रकम बिगो कायम गरी बिगो अनुसार जरिवाना हुन र बिगोसमेत असुल उपर हुन मागदाबी लिई आरोप–पत्र दायर गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .