ad ad

समाज


हुलदंगा नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको संयुक्त अभ्यास

हुलदंगा नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको संयुक्त अभ्यास

नेपालखबर
चैत १६, २०८० शुक्रबार १७:३३, काठमाडौँ

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुनसरीको इनरुवामा हुलदंगा व्यवस्थापनका लागि संयुक्त अभ्यास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीको संयुक्त आयोजनामा उक्त अभ्यास गरिएको हो।

इनरुवा नगरपालिका-४ स्थित सशस्त्र प्रही बल नेपाल नं. ४ गण हेड क्वार्टर सुनसरीको कार्यालय परिसरभित्र गरिएको संयुक्त अभ्यासमा सशस्त्र प्रहरी निरीक्षक निरकुमार कार्कीको कमाण्डमा ३५ जना र जिल्ला प्रहरी कार्यालयरीबाट प्रहरी निरीक्षक बबिन राईको कमाण्डमा ३५ जनासहित ७० जनाको संयुक्त टोली सहभागी थियो। 

सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी बेदराज फुयालको समेत उपस्थिति रहेको कार्यक्रममा सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, नेपाली सेना कृष्ण दल गण इटहरीका प्रमुख सेनानी अमित लामा, सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी, सशस्त्र प्रहरी नम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य पनि सहभागी थिए।

सामान्य घटनाहरूका कारण पनि असामान्य अवस्था आएर शान्ति सुरक्षामा चुनौती आउन सक्ने भएकाले त्यसलाई व्यवस्थित रुपमा नियन्त्रणमा लागि यो अभ्यास गरिएको हो। 

तनावको अवस्थामा मानव अधिकारसम्बन्धी मूल्य मान्यतालाई उच्च कदर गर्दै स्थानीय प्रशासन ऐन २०२८ बमोजिम शान्ति सुव्यवस्था कायम गर्न गरिने बल प्रयोगका चरणलाई प्रभावकारी कार्यान्वयन गर्न यो अभ्यास गरिएको हो।

यसले शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ। यस्तो अभ्यासले दुई सुरक्षा निकायबीच पारस्पारिक सम्बन्ध स्थापित भई संयुक्त रुपमा परिचालन हुनुपर्दा कार्यगत एकता कायम समन्वय र सहकार्य हुने सुरक्षा अधिकारीहरूले जनाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .