ad ad

समाज


गैरआवासीय नेपालीलाई राहदानीमा सहजीकरण गरिदिन एनआरएनएको आग्रह

गैरआवासीय नेपालीलाई राहदानीमा सहजीकरण गरिदिन एनआरएनएको आग्रह

नेपालखबर
चैत १४, २०८० बुधबार १५:१, काठमाडौँ

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकालाई राहदानी लिन सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ।

संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा त्यही नागरिताबाट राहदानी लिने प्रकृया कानुनले स्पष्ट नगर्दा समस्या परेको एनआरएनएले जनाएको छ।

यही समस्या हल गरिदिन मागसहित संघका पदाधिकारीहरू बुधबार राहदानी विभागका प्रमुख तीर्थ अर्यालसँग छलफलका लागि पुगेका हुन्।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले राहदानीबारे विश्वभरका गैरआवासीय नेपालीले चासो राखेको भन्दै स्पष्ट प्रावधानसहित राहदानी दिने प्रक्रियामा सहजीकरणका लागि विभाग प्रमुख अर्यालको ध्यानाकर्षण गराएको हो।

जवाफमा प्रमुख अर्यालले एनआरएनको समस्या पहिचान गरि समाधानका लागि यथाशक्य सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

यसअघि पनि संघको विभिन्न चरणमा विभागमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

भेटमा अध्यक्ष डा. केसीसहित उपमहासचिव सोम सापकोटा र एनआरएन अभियन्ता तीर्थ भट्टराई पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .