समाज


काठमाडौं उपत्यकाबाट ७६ जना पक्राउ, ६ सय ६४ सवारी चालकलाई कारबाही

काठमाडौं उपत्यकाबाट ७६ जना पक्राउ, ६ सय ६४ सवारी चालकलाई कारबाही

तस्बिर : सरोज बैजु


नेपालखबर
चैत ११, २०८० आइतबार १८:१५, काठमाडौँ

होली खेल्न सडकमा निस्किएका ७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी अवदेश विष्टका अनुसार सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।

ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न गैरकानुनी गतिविधि गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

होली खेल्ने क्रममा झगडा गर्ने, ट्राफिक नियम पालना नगर्ने र अन्य गैरकानुनी गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको बिष्टले बताए। 

यस्तै प्रहरीले होलीको अवसरमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेकजाँचमा पनि कडाइ गरेको थियो। ट्राफिक चेकजाँचका क्रममा तीनै जिल्लामा ६६४ सवारी साधान चालकलाई कारबाही गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .