ad ad

समाज


घरको वालले किच्दा बानेश्वरमा घरमूलीको मृत्यु

घरको वालले किच्दा बानेश्वरमा घरमूलीको मृत्यु

नेपालखबर
चैत ८, २०८० बिहिबार २१:२४, काठमाडौँ

काठमाडौँको बानेश्वर देवीनगरमा घरको वाल भत्किएर किच्दा घरमूलीको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-१० देवीनगर रुद्रमती मार्गमा बिहीबार दिउँसो घरको वाल ढलेर किच्दा ५४ वर्षका खड्गनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी शिवराज बुढाथोकीका अनुसार अफसेट प्रेस सञ्चालक श्रेष्ठले घरको भित्तो हटाएर सटर राख्ने क्रममा घटना भएको हो। 

इँटाको वाल ह्याम्मपरले फुटाएर हटाउने क्रममा पूरै भित्तो एकैपटक ढलेर किच्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारको लागि तुरुन्तै बानेश्वरस्थित सिभिल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका डीएसपी बुढाथोकीले जानकारी दिए। 

मूलघर सर्लाहीको हरिवन नगरपालिका-८ बेताली भएका श्रेष्ठले आफ्नै घरमा धिम्ले अपसेट प्रेस सञ्चालन गर्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .